Friday, August 15, 2025

२०८२ श्रावण ३१, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बाढी, पहिरो लगायतका विपदबाट दुई सय १० जनाको मृत्यु


बाढी, पहिरो लगायतका विपदबाट दुई सय १० जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपदमा परी बुधबार दिउँसोसम्म दुई सय १० जनाको मृत्यु भएको छ।

बाढी, पहिरो लगायतका विपदमा परी काठमाडौँ उपत्यकामा तीन जना, कोशी प्रदेशमा २९ जना, मधेस प्रदेशमा आठ जना, बागमती प्रदेशमा ४६ जना, गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी प्रदेशमा ३८ जना, कर्णाली प्रदेशमा १४ जना र सुदूरपश्चिम प्रदेशमा १६ जना गरी जम्मा दुई सय १० जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार बाढी पहिरोका कारण काठमाडौँ उपत्यकामा ११ जना, कोशी प्रदेशमा ४२ जना, मधेस प्रदेशमा १२ जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ४७ जना, लुम्बिनी प्रदेशमा २५ जना, कर्णाली प्रदेशमा ६८ जना र सुदूरपश्चिम प्रदेशमा ३६ जना गरी जम्मा दुई सय ७२ जना घाइते भएका छन्।

बाढीपहिरोमा परेका काठमाडौँ उपत्यकामा ३३ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा चार जना, कर्णाली प्रदेशमा दुई जना र सुदूरपश्चिम प्रदेशमा एक सय एक जना गरी जम्मा दुई सय १५ जनाको उद्धार गरिएको प्रवक्ता कार्कीले बताए ।


बाढीको कारण आज दिउँसोसम्म जम्मा चार सय आठ घर डुबानमा परेका छन्। तीन सय ६५ वटा घर, एक सय २६ वटा गोठ, ५३ वटा पुल, सात वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको प्रहरीले जाएको छ। बाढीपहिरोबाट नौ सय ७२ वटा पशुचौपायाको मृत्यु भएको छ। उक्त अवधिमा विपद्का घटनाबाट छ हजार ४९ घर परिवार विस्थापित भएका प्रवक्ता कार्कीले जानकारी दिए ।