Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

राष्ट्र बैंकद्धारा हरित लगानीसम्बन्धी मार्गदर्शन लागू गर्न निर्देशन


राष्ट्र बैंकद्धारा हरित लगानीसम्बन्धी मार्गदर्शन लागू गर्न निर्देशन

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाबाट हुने लगानीलाई वातावरणमैत्री बनाउन राष्ट्र बैंकले हरित लगानीसम्बन्धी मार्गदर्शन लागू गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले परिपत्रमार्फत बैंक तथा वित्तीय संस्था र पूर्वाधार विकास बैंकले निर्देशन दिएको हो ।

निर्देशनमा प्राकृतिक स्रोतहरुको संरक्षण, प्रदूषण नियन्त्रण, जलवायु परिवर्तन न्यूनीकरण र वावातरणीय स्थायित्वमा आधारित परियोजनाहरुमा वित्तीय लगानीलाई प्राथमिकता दिन विभिन्न व्यवस्थाहरू गरेको छ ।

निर्देशनमा जलवायु परिवर्तन अनुकूलन, प्रदूषण नियन्त्रण, प्राकृतिक स्रोतहरुको संरक्षणलगायत क्षेत्रमा विशेष व्यवस्था गरिएको छ । जसका लागि कृषि र वन, ऊर्जा र जलस्रोतहरु, पर्यटन र यातायात, स्वास्थ्य र फोहोर व्यवस्थापनलगायत क्षेत्रहरुलाई लक्ष्यित क्षेत्र बनाइएको छ । यसैगरी, प्राकृतिक विपत्ति न्यूनीकरणका लागि वित्तीय क्षेत्रको भूमिका र जिम्मेवारीलगायतका लागि निर्देशन तयार पारेर लागू गरेको छ ।