Sunday, December 21, 2025

२०८२ पुष ६, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा प्रवेश


बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा प्रवेश

एजेन्सी। बारबास्ट्रोलाई ४—० गोलले पराजित गर्दै बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा प्रवेश गरेको छ । शनिवार राती भएको खेलमा बार्सिलोनाको लागि रोबर्ट लेवान्डोस्की, पाब्लो टोरे र एरिक गार्सियाले गोल गरे ।

खेलको २१ औँ मिनेटमा गार्सियको गोलले अघि बढेको बार्साको लागि ३१ र ४७ औँ मिनेटमा लेवान्डोस्कीले गोल गर्दै अग्रतालाई फराकिलो बनाईदिए र ५६ औँ मिनेटमा टोरेले गरेको गोल अन्तिम गोल बन्यो । कोपा डेल रे अन्तरगत शनिवार राति नै भएको अन्य खेलहरूमा रियल बेटिस, ओसियना, अल्मेरिया र एथलेटिको मेड्रिड विजयी भएका छन् ।