काठमाडौं। विद्युत नियमन आयोगले ङादी ग्रुप पावरलाई १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने स्वीकृति दिएको छ। आयोगको भदौ ८ गते शुक्रबार बसेको बैठकले हकप्रद निष्काशन गर्ने स्वीकृति दिएको हो । ङादीको हाल कायम चुक्ता पूँजी एक अर्ब ८५ करोड १२ लाख ७९ हजार रुपैयाँ रहेको छ। यसै चुक्ता पूँजीको १ः१ अनुपातमा हकप्रद शेयर बिक्री गर्न अनुमती पाएको हो । कम्पनीले उक्त हकप्रद शेयर निष्काशन गर्नको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएपछि मात्र हकप्रद जारी गर्नेछ। हकप्रद पश्चात कम्पनीको चुक्ता पुँजी तीन अर्ब ७० करोड २५ लाख रुपैयाँ पुग्नेछ ।
ङादी ग्रुपलाई शेयर निष्काशन गर्ने स्वीकृति