Friday, August 15, 2025

२०८२ श्रावण ३१, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

गाजाको एक विद्यालयमा इजरायली हमलाः ज्यान गुमाउनेको सङ्ख्या एक सय बढी


गाजाको एक विद्यालयमा इजरायली हमलाः ज्यान गुमाउनेको सङ्ख्या एक सय बढी

एजेन्सी गाजाको नागरिक सुरक्षा विभागले शनिबार गाजा सहरको एक विद्यालयमा इजरायली हमलामा ज्यान गुमाउनेको सङ्ख्या ९० देखि एक सयसम्म पुगेको अनुमान गरेको छ । गाजाको सरकारी सञ्चार कार्यालयले आक्रमणमा एक सयभन्दा बढीको मृत्यु भएको बताएको छ । इजरायली सेनाले अल–ताबिन विद्यालयमा रहेको हमासको “कमान्ड एन्ड कन्ट्रोल सेन्टर” मा आक्रमण गरेको बताएको छ ।

इस्लामिक जिहाद प्यालेस्टिनी सैन्य समूहले बिहानको प्रार्थनाको समयमा विद्यालयमा आक्रमण भएको बताएको छ । गाजा सरकारी सञ्चार कार्यालयका महानिर्देशक इस्माइल अल–थावाब्ताले बताएअनुसार आक्रमणमा १ सय भन्दा बढीको मृत्यु र दर्जनौँ घाइते भएका छन्, जसमध्ये अधिकांशको अवस्था गम्भीर छ । गाजा सरकारी सञ्चार स्रोतहरूले उक्त विद्यालयमा करिब दुई सय ५० जना महिला र बालबालिका रहेको र तीमध्ये लगभग आधा महिला र बालबालिकाको आक्रमणमा मृत्यु भएको बताएका छन् ।