Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

समानीकरण अनुदान घट्दैन, ससर्त अनुदानलाई भने घटाउँदै लैजाने योजना छः प्रधानमन्त्री पुष्पकमल दाहाल


समानीकरण अनुदान घट्दैन, ससर्त अनुदानलाई भने घटाउँदै लैजाने योजना छः प्रधानमन्त्री पुष्पकमल दाहाल

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले वित्तीय समानीकरण अनुदान घटाउने पक्षमा सरकार नरहेको बताएका छन् । प्रदेश र स्थानीय सरकारले संघीय सरकारले सो अनुदान घटाउने आशंका गरिरहेका बेला प्रधानमन्त्री दाहालले सो भनाई आएको हो ।


बिहीबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औं बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले अनुदान सरकारले बढाउँदै लैजाने नीति लिएको स्पष्ट पारे ।

प्रधानमन्त्री दाहालले वित्तीय समानीकरण अनुदान आगामी आर्थिक वर्षमा पनि जस्ताको तस्तै कायम गर्ने बताए । उनले ससर्त अनुदानलाई भने सरकारले घटाउँदै लैजाने योजना सार्वजनिक गरे । विशेष अनुदान भने नयाँ ढंगले अघि बढाउने प्रधानमन्त्री दाहालको भनाइ थियो ।

ुयो वित्तीय समानीकरण अनुदान घटाइँदैन । त्यसलाई जस्ताको जस्तै कायम गरिन्छ । र सरकारको जोड ससर्त अनुदानलाई घटाउनेतिर हुन्छ । ससर्त अनुदान घटाउँदै लैजाने, सामान्यीकरण अनुदान बढाउँदै लैजाने नीति नै वास्तवमा संघीयता कार्यान्वयनसँग सम्बन्धित सही नीति हो । विशेष अनुदानको बारेमा विशेष रुपले नै सोच्नुपर्छ भन्ने मलाई लागेको छ ।

त्यसको बारेमा पनि हामीले अलिकति नयाँ ढंगले विचार गर्नु नै छ, उनले भने । प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्षदेखि सरकारको कामकारबाहीलाई तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता दोहोर्‍याए ।