काठमाडौं, भदौ ८ । साताको अन्तिम दिन नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ।अघिल्लो दिन अर्थात् प्रतितोला ५ सय रुपैयाँ बढेको सुनको भाउ यस दिन स्थिर रहेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने घटेको छ। बिहीबार प्रतितोला १४ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १४ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ।यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँ घटेको हो।