Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सुनको भाउ बढ्दा घट्यो चाँदी, कतिमा हुँदैछ कारोबार?


सुनको भाउ बढ्दा घट्यो चाँदी, कतिमा हुँदैछ कारोबार?

काठमाडौं, भदौ २२ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।अघिल्लो दिन प्रतितोला ४ सय रुपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला तीन सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो।त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने घटेको छ।

बिहीबार प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १४ सय ५ रुपैयाँमा किनबेच भइरहेको छ।यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ घटेको हो।