Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

यामाहाले दुईपांग्रे सवारीसाधन प्रयोगकर्तालाई ल्यायो नयाँ अफर


यामाहाले दुईपांग्रे सवारीसाधन प्रयोगकर्तालाई ल्यायो नयाँ अफर

काठमाडौं । यामाहाले दुईपांग्रे सवारीसाधन प्रयोगकर्तालाई लक्षित गरी नयाँ अफर घोषणा गरेको छ । यामाहा ट्याक्स रिल्याक्स’ अफरअन्तर्गत कुनै पनि यामाहाको मोटरसाइकल तथा स्कुटर खरिद गर्दा पहिलो दुई वर्षको सडक कर पनि खरिद लागतमै समेटिने कम्पनीले बताएको हो ।

दुईपांग्रे सवारीसाधनको प्रारम्भिक खरिदमा लागत मात्रै समावेश नभई अन्य खर्च पनि लाग्ने र सडक करजस्ता अतिरिक्त खर्चले प्रायः सवारलाई बोझ पार्न सक्ने भन्दै यामाहा ट्याक्स रिल्याक्स अफर ल्याएको कम्पनीले बताएको छ ।  यामाहा नेपालका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले भने, यामाहा ट्याक्स रिल्याक्सले हाम्रा ग्राहकको सडक कर खर्चको ख्याल राखेकामा ढुक्कका साथ यात्रा गर्न सक्छन् । 

यामाहाले यसबाहेक विभिन्न आकर्षक अफर उपलब्ध गराएको बताएको छ । कम्पनीका अनुसार  शून्य प्रतिशत ब्याजदरदेखि आफूलाई उपयुक्त लाग्ने निश्चित दरको डाउन पेमेन्ट गरेर यामाहाका मोटरसाइकल वा स्कुटर लिन सकिन्छ ।