Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पूर्वसचिव भिम उपाध्याय सहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


पूर्वसचिव भिम उपाध्याय सहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । मेलम्ची खानेपानी परियोजनामा अनियमितता गरेको अभियोगमा खानेपानी मन्त्रालयका पूर्वसचिव भिम उपाध्याय सहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विषेश अदालतमा पूर्वसचिव उपाध्याय, सञ्जय शर्मा र गजेन्द्र ठाकुरलाई प्रतिवादी बनाएको छ । अख्तियारले मेलम्ची खानेपानी विकास समितिको बोर्डको तत्कालीन अध्यक्ष रहेका खानेपानी मन्त्रालयका तत्कालीन सचिव उपाध्यायसँग ४ करोड ११ लाख ३४ हजार २ सय ७९ रुपैयाँ बिगो माग दाबी गरेको छ ।

यस्तै तत्कालीन बोर्ड अध्यक्ष एवं खानेपानी मन्त्रालयका तत्कालीन सचिव डा.शर्मा र अर्थ मन्त्रालयका तत्कालीन सह—सचिव तथा तत्कालीन बोर्ड सदस्य  पौडेलसँग जनही ६ करोड ९७ लाख ८३ हजार १ सय ७८ रूपैयाँ बिगो माग दाबी गरेको छ ।

यस्तै मेलम्ची खानेपानी विकास समितिका बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेल र रुद्रसिंह तामाङ, कार्यकारी निर्देशहकरु घनश्याम भट्टराई, रामचन्द्र देवकोटा, सूर्यराज कडेल सहित १५ जना नेपाली र तीन विदेशी परामर्शदातालाई पनि प्रतिवादी बनाइएको छ । तामाङमा हाल अध्यागन विभागका महानिर्देशक रहेका छन् ।