Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

राष्ट्रपतिद्धारा ५ देशका राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण


राष्ट्रपतिद्धारा ५ देशका राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ५ देशमा नियुक्त भएका राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा उनले भारत, रुसी महासंघ, बेलायत, स्पेन र दक्षिण कोरियाका नवनियुक्त राजदूतहरूको शपथ भएको हो ।

भारतका लागि शंकर प्रसाद शर्मा, दक्षिण कोरियाका लागि डा शिवमाया तुम्बाहाङ्फे, स्पेनका लागि शनिल नेपाल, बेलायतका लागि चन्द्रकुमार घिमिरे र रुसका लागि जंगबहादुर चौहान राजदूत नियुक्त भएका छन् । शपथ ग्रहण समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको शीतल निवासले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।