काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख ६१ हजार रुपैयाँमा कारोबार भएकामा आजका लागि भने एक लाख ६० हजार ५ सय रुपैयाँ निर्धारण भएको छ । यस्तै चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको छ । आइतबार प्रतितोला एक हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने एक हजार ९ सय ८० रुपैयाँ निर्धारण भएको छ ।
सुन एक लाख ६० हजार ५ सयमा कारो्बार भइरहेको छ