Saturday, June 07, 2025

२०८२ जेष्ठ २५, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अब राष्ट्रिय वाणिज्य बैंकले एक हजार कर्मचारीलाई तालिम दिने


अब राष्ट्रिय वाणिज्य बैंकले एक हजार कर्मचारीलाई तालिम दिने

काठमाडौं, राष्ट्रिय वाणिज्य बैंकले अब एक हजार कर्मचारीलाई तालिम दिने भएको छ । बैंकले तालिमका लागि नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेड एनबिआईसँग सर्टिफिकेसन कोर्सको बैंकिङ तालिम सञ्चालन गर्ने सम्बन्धी सम्झौता गरेको हो । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र नेसनल बैंकिङ इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेको बताइएको छ।

सम्झौता अनुसार चालू आव २०८०,८१ मा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीको कार्यदक्षता अभिवृद्धिका लागि नेसनल बैंकिङ इन्स्टिच्युटले हाललाई एक हजारजना कर्मचारीलाई जेएएनबिआई, सिएएनबिआई, मुडिजलगायतको सर्टिफिकेसन कोर्सको बैंकिङ तालिम प्रदान गर्ने उल्लेख छ। सम्झौता पत्रमा हस्ताक्षरपछि बैंंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकले लिएको उद्देश्य हासिल गर्नका लागि नियमित रूपमा कर्मचारीलाई तालिम दिइरहेको बताएको छ।

तालिमले तालिम लिने व्यक्ति र संस्था दुवैको कार्यदक्षता वृद्धि भई जोखिम न्यूनीकरण हुने उनले बताए । इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले बैंकिङ क्षेत्रमा राष्ट्रिय वाणिज्य बैंकले कर्मचारीलाई प्राथमिकताका साथ तालिम दिने गरेको बताए । यसले संस्थाको उत्पादकत्व वृद्धि हुने उनको भनाइ थियो।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारीले बैंकले कर्मचारीलाई अन्तर्राष्ट्रियस्तरको तालिम प्रदान गर्ने बताइन् । बैंकको हाल ७७ वटै जिल्लामा दुई सय ८४ शाखा, ६५ एक्सटेन्सन काउन्टर, दुई सय ६९ एटिएम र ९९ वटा शाखारहित बैंकिङद्वारा सेवा दिइरहेको बताएको छ।