Friday, November 29, 2024

२०८१ मंसिर १४, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एसईईको पूरक परीक्षा तालिका सार्वजनिक


एसईईको पूरक परीक्षा तालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा साउन २३ गतेदेखि ३१ गतेसम्म हुने जानकारी बोर्डले गराएको हो । परीक्षा बिहानको ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ ।

सरकारले यो वर्ष २ वा सोभन्दा बढी विषयमा ननग्रेड ९एनजी० अर्थात् ११ कक्षा पढ्न असफल भएका विद्यार्थीका लागि पनि पूरक परीक्षामा सहभागी हुने व्यवस्था गरेको छ । तर परीक्षाफल रद्द भएकाहरुले भने पुरक परीक्षामा सहभागी हुन पाउने छैनन् ।

पूरक परीक्षाका लागि यो वर्षदेखि बोर्डले अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्था गरेको छ । त्यसका लागि बोर्डको वेबसाइट  www.see.gov.np बाट फाराम लिन सकिनेछ । ग्रेडबृद्धि पूरक परीक्षाका लागि विद्यार्थीले ५ सय रुपैयाँ बुझाउनु पर्ने बोर्डले उल्लेख गरेको छ । बोर्डले ०८० चैत १५ गतेदेखि भएको एसईई परीक्षाको नतिजा बिहीबार सार्वजनिक गरेको थियो ।