Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एक करोड धनराशी पुरस्कार हात पार्दै ‘मेरो भ्वाइस युनिभर्स’ बने भारतका प्रितम राई [भिडिओ सहित]


एक करोड धनराशी पुरस्कार हात पार्दै ‘मेरो भ्वाइस युनिभर्स’ बने  भारतका प्रितम राई  [भिडिओ सहित]

काठमाडौं । नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’को उपाधि प्रितम राईले र नृत्यतर्फको ‘मेरो डान्स युनिभर्स’ को उपाधि खुशी काकीले हात पारेका छन् । त्यसैगरी ‘मेरो भ्वाइस युनिर्भस’को फस्ट रनरअप शिशिर ठटाल र ‘मेरो डान्स युनिर्भस’ को फस्ट रनरअप देवी गर्बुजाले जित्न सफल भए ।र ती प्रतियोगिताको शनिवार साँझ भएको ग्रान्ड फिनालेमा अन्तिम पाँच–पाँच प्रतियोगीबाट उनीहरू छानिएका हुन् ।

उनीहरू दर्शक तथा स्रोताको मतबाट छानिएका हुन् । मेरो भ्वाइस युनिभर्स सेकेन्ड रनरअफमा शरद हुमगाईँ, थर्ड रनरअपमा परेश राई र फोर्थ रनरअप साइराज खाती भएका छन् । त्यस्तै ‘मेरो डान्स युनिभर्स’ सेकेन्ड रनरअपमा मिग्मा डि लेप्चा, थर्ड रनरअपमा स्वस्तिक अर्याल र फोर्थ रनरअपमा नेसन सुस्लिङ मगर भएका छन् । इन्ट्रा नेपाल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले सञ्चालन गरेको दुवै प्रतियोगिताका विजेताले जनही एक करोड, फस्ट रनरअपले ३० लाख र सेकेन्ड रनरअपले २० लाख, थर्ड रनरअपले १० लाख र फोर्थ रनरअपले पाँच लाखसहित विभिन्न पुरस्कार प्राप्त गरेका छन् ।

गोदावरीको सनराइज कन्फ्रेन्स् हलमा भएको ‘टप फाइभ’ बीचको ‘ग्रान्ड फिनाले’ मा समूह नृत्यतर्फ भने नेपाल प्रहरी विजेता बनेको छ । सो समूहले २० लाख पुरस्कार प्राप्त गरेको छ । फस्ट रनअर अपमा नितृ कला प्रतिष्ठानले १० लाख र सेकेन्ड रनरअपमा भारती कल्चर ग्रुपले पाँच लाख प्राप्त गरेको छ । उनीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहालले पुरस्कार प्रदान गरेका थिए । कलाकारलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको ठूलो संख्यामा उपस्थिति रहेको सो ग्रान्ड फिनालेमा विजेता र उपविजेता घोषणा गरिएको र उनीहरूलाई प्रधानमन्त्री दाहालले बधाई ज्ञापन गर्दै पुरस्कार वितरण गरेका थिए ।