Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

केरुङ—चिलिमे २२० केभी प्रसारण लाइन निर्माणमा नेपाल—चीनबीच सहमति

नेपाल-चीन संयुक्त वक्तव्य :


केरुङ—चिलिमे २२० केभी प्रसारण लाइन निर्माणमा नेपाल—चीनबीच सहमति

काठमाडौं । नेपाल र चीनबीच उत्तरी सीमा क्षेत्रमा अन्तरदेशीय प्रसारण लाइन निर्माणमा सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको क्रममा केरुङ–रसुवागढी–चिलिमे २२० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण छिटो सुरु गर्ने सहमति भएको हो ।

मंगलबार बिहान जारी भएको संयुक्त वक्तव्यमा लेखिएको छ, ‘जिलोङ—केरुङ–रसुवागढी–चिलिमे २२० केभी क्रस बोर्डर पावर ट्रान्समिसन लाइनको निर्माण चाँडो सुरु गरिने छ ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीच सोमबार बेइजिङमा द्विपक्षीय भेटवार्ता भएको थियो । भेटवार्तापछि विभिन्न सम्झौता र समझदारी भएका थिए । तर सो दिन संयुक्त व्यक्तव्य जारी भएको थिएन ।

मंगलबार बिहान मात्र सार्वजनिक भएको संयुक्त व्यक्तव्यमा ऊर्जा क्षेत्रमा विशेष गरी जलविद्युत, सीमापार प्रसारा लाइन र सम्बद्ध सबस्टेसनको विकासमा सहयोगलाई थप प्रवर्द्धन गर्दै केरुङ–रसुवागढी–चिलिमे प्रसारण लाइन बनाउने सहमति भएको उल्लेख छ । यद्यपि यसको लगानीको विषय उल्लेख छैन ।


केरुङ–चिलिमे प्रसारण लाइन बनाउन दुई देशबीच पाँच वर्ष अघि नै अध्ययन सुरु भए पनि थप प्रगति अघि बढेको थिएन । नेपालले चीनको सिजाङ स्वायत्त क्षेत्रबाट नेपालका उत्तरी दुर्गम गाउँहरुमा विद्युतीकरणका लागि गरेको अनुरोधलाई चीनले सकारात्मक रुपमा लिएको उल्लेख छ । सकेसम्म छिटो संयुक्त कार्यान्वयन संयन्त्रको दोस्रो बैठक बोलाएर चीन–नेपाल विद्युतीय ऊर्जा सहयोग योजनाई अन्तिम रुप दिइने संयुक्त व्यक्तव्यमा उल्लेख छ ।

जलविद्युत, वायु ऊर्जा, सौर्य ऊर्जा र हाइड्रोजन पावरको क्षेत्रमा सहकार्य गर्ने पनि उल्लेख छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको क्रममा पनि अन्तरदेशीय प्रसारण लाइन र विद्युत व्यापारको विषयमा महत्वपूर्ण सहमति भएको थियो ।