काठमाडौं । मिटरब्याज पीडितहरुले भोली सिंहदरबार परिसरमा न्याय मार्च गर्ने भएका छन् । बिहान ७ बजेदेखिनै सो क्षेत्रमा उनिहरुले न्याय मार्च गर्ने तयारी छ । मार्चमा एक हजार बढी पीडित सहभागी हुनेछन् ।
मिटरब्याज पीडितहरुले न्याय माग्दै १६ माघमा पूर्व मेची र पश्चिम महाकालीबाट एकैपटक न्याय मार्च सुरु गरेका थिए । पूर्वबाट हिँडेको टोलीले ६ सय किलोमिटर र पश्चिमबाट आएको टोलीले ७ सय किलोमिटर २३ दिनमा पार गरेर काठमाडौं आइपुगेको हो ।
सिंदरबारसम्म पुगेर न्याय मार्चलाई कोणसभामा परिणत गर्ने उनिहरुको तयारी छ । सरकारसँग वार्ता भएर सहमति नहुञ्जेलसम्म आन्दोलन जारी रहने उनिहरुको भनाई छ ।