Saturday, May 04, 2024

२०८१ बैशाख २२, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

एक वर्षमा पर्यटकको ५३२ उजुरीः मन्त्रालय


एक वर्षमा पर्यटकको ५३२ उजुरीः मन्त्रालय

काठमाडौं । नेपाल घुम्ने आउने पर्यटकले एक वर्षमा ५३२ वटा उजुरी प्रहरी समक्ष गरेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार यसरी आएका उजुरीमध्ये ३४५ वटा विभिन्न सामान हराएको सम्बन्धमा छन् । दोस्रो स्थानमा चोरीका उजुरी आएका छन् । ८२ वटा उजुरी चोरी सम्बन्धमा आएको देखिएको छ ।

मन्त्रालयका अनुसार ठगीमा ३३ वटा उजुरी गरेका छन् । उत्पीडनबारे २८ र डकैतीमा १३ उजुरी गरेका छन् । विभिन्न ५ वटा उजुरी धम्की दिएको सम्बन्धमा छन् । पर्यटक हराएको उजुरी ४ वटा परेको तथ्यांकमा देखिएको छ । दुई वटा दुर्घटना, पाकेटमारीमा दुई र एउटा अपहरणको उजुरी समेत पर्यटक प्रहरीमा दर्ता भएको तथ्यांकमा देखिएको छ । यस वर्ष १० लाख १४ हजार पर्यटक नेपाल आएका थिए ।

पर्यटकमाथि हुने यस प्रकारका घटना र उजुरी सबैभन्दा धेरै सन् २०१९ मा आएका थिए । सो वर्ष पर्यटक आगमन समेत अधिक थियो । सो वर्ष ६३३ वटा उजुरी आएका थिए । सन् २०२० मा ५४०, सन् २०२१ मा ७९, सन् २०२२ मा १८० यस्ता उजुरी दर्ता भएको मन्त्रालयको तथ्यांक छ ।