काठमाडौं । सौर्य एयरको विमान दुर्घटना हुँदा मृत्यु भएका १८ मध्ये १७ जनाको परिवारले शव बुझेका छन् । एक जना विदेशी नागरिकको शव बुझ्न भने अहिलेसम्म कोही नआएको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका फरेन्सिक विभागले जनाएको छ । ९ साउनमा त्रिभुवन विमानस्थल नजिकै सौर्य एयरको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा धेरैजसो सौर्य एयरलाइन्सकै कर्मचारी थिए ।
पाइलट मनिष शाक्यको भने जीवितै उद्दार भएको थियो । मृतकको शव पोस्टमार्टम गरेर शुक्रबार नै सकिए पनि परिवारका सदस्यहरुले बीमा, क्षतिपूर्ति र राहतको माग गर्दै शव नबुझ्ने अडान लिएका थिए । तर शनिबार साँझसम्म सबै १७ जनाको परिवारले शव बुझेको अस्पताल स्रोतले जनाएको छ ।