Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

रास्वपामा केन्द्रीय सदस्य र सांसदहरूका लागि लेबी वार्षिक २५ हजार


रास्वपामा केन्द्रीय सदस्य र सांसदहरूका लागि लेबी वार्षिक २५ हजार

काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको ऊर्जा नीति कार्यदल र सार्वजनिक प्रशासनसम्बन्धी कार्यदलको म्याद थप गरेको छ । मंगलबार सिंहदरबारमा बसेको सचिवालय बैठकले पार्टी सदस्यता शुल्क एक हजार रुपैयाँ तोकेको प्रमुख सचेतक सन्तोष परियारले बताए ।

प्रमुख सचेतक परियारका अनुसार केन्द्रीय सदस्य र सांसदहरूका लागि लेबी शुल्क वार्षिक २५ हजार रुपैयाँ निर्धारण गरिएको छ । उनले भने, ‘पार्टी सदस्यता शुल्क हजार रुपैयाँ तोकेका छौं । त्यस्तै पार्टीको लेबी केन्द्रीय सदस्यको एक लाख थियो । प्रतिनिधिसभा सदस्यले २५ हजार तिर्नुहुन्थ्यो । त्यसमा एकरुपता ल्याउन केन्द्रीय सदस्यहरूको २५ हजार वार्षिक गरेका छौं ।’

बैठकले पार्टीको केन्द्रीय निर्वाचन आयोगमा भूमिनन्द बराल सचिव र सदस्यमा प्रा.डा अत्यन्द्र दाहाल सदस्य, राम गुरुङ, अधिवक्ता सुमित्रा पण्डित क्षेत्रीलाई नियुक्त गरेको बताए । ‘पार्टीले ऊर्जा नीति कार्यदल र सार्वजनिक प्रशासनसम्बन्धी कार्यदल बनाएको थियो, त्यसको म्याद थप गरेको छ ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगमा सदस्य मनोनयन गरेको छ । जसमा भूमिनन्द बराल सचिव, प्रा।डा अत्यन्द्र दाहाल सदस्य, राम गुरुङ, अधिवक्ता सुमित्रा पण्डित क्षेत्री सदस्यमा नियुक्त गरेका छौं,ु उनले भने ।