Sunday, June 08, 2025

२०८२ जेष्ठ २६, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीको सम्पत्ती कति ?[ विवरण सहित]


वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीको सम्पत्ती कति ?[ विवरण सहित]

काठमाडौं । वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीले पनि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। सप्‍तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ९ मा छानाले छाएको दुई वटा घर र एउटा निर्माणाधीन रहेको विवरणमा उल्लेख गरेका छन्।

त्यस्तै श्रीमती साबित्री देवी साह सुडीको नाममा पनि पाँच वटा घर र शैलेशकुमार साहको एउटा घर रहेको उल्लेख छ। विभिन्न ठाउँमा जग्गा किनेको र पैतृत जग्गाको विवरण पनि खुलाएका छन् । उनको श्रीमती सावित्री देवी साह सुडीसँग ५६ तोला सुन र ६५० ग्राम चाँदी रहेको छ। विवाह गर्दा ससुराली र बुबा आमाबाट उपहारस्वरूप प्राप्त भएको जनाएको छ। मन्त्रीका छोरासँग पनि ३५ तोला सुन रहेको उल्लेख छ। तीन जना बुहारीहरू माधवी भारतीसँग २२ तोला सुन, शालिनी देवीसँग १७ तोला र मंजु साहसँग २८ तोला सुन छ।

मन्त्री सुडीको विभिन्न बैंकमा ४० लाख भन्दा बढी नगद देखिएको छ। मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो। जसमा वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीको विवरणमा १२ बोरको राइफल बन्दुक उल्लेख गरेका छन् ।