काठमाडौं । लगातार रेकड कायम गरेको सुनको मूल्य आज घटेको छ । सुन तोलामा ९०० रुपैयाँले घटेको छ, भने चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार शुक्रबार छापावाला अर्थात २४ क्यारेट सुन प्रतितोला १ लाख ४९ हजार ६०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बिहीबार छापावाला सुन प्रतितोला १ लाख ५० हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो। शुक्रबार चाँदी भने प्रतितोला १ हजार ७६० रुपैयाँमा खरिदबिक्री भएको छ। बिहीबार चाँदी प्रतितोला १ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो।
सुनको मूल्य घट्यो, चाँदी बढ्यो