काठमाडौं । नेपाल एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बाटो प्रशस्त गर्न आग्रह गरेको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बसेको संसदीय दलको बैठकले नैतिकताको आधारमा प्रधानमन्त्रीले तत्काल राजीना दिनुपर्ने निष्कर्ष निकालेको हो ।
प्रधानमन्त्री दाहालले राजीनामा नदिने बरु संसदमा विश्वासको मतकालागि आह्वान गरेपछि एमाले तत्काल मार्ग प्रशस्त गर्न आग्रह गरेको हो । एमाले संसद दलको बैठकले माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल नेतृत्वको सरकार अल्पमतमा परेकाले राजीनामाको विकल्प नभएको बताएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ अघि राजीनामा नदिए विश्वासको मत लिने तयारी गरेका छन् ।