Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मच्छेनारायण ग्रामिण सहकारीमा बचतकर्ताहरुद्वारा हातपातको प्रयास, रकमफिर्ताको दबाबका कारण सञ्चालक र कर्मचारीहरु जोखिममा


मच्छेनारायण ग्रामिण सहकारीमा बचतकर्ताहरुद्वारा हातपातको प्रयास, रकमफिर्ताको दबाबका कारण सञ्चालक र कर्मचारीहरु जोखिममा

काठमाडौं । पछिल्लो समय कीर्तिपुर लगायत कीर्तिपुर आसपास क्षेत्रका सहकारीमाथि दिनप्रतिदिन भौतिक तथा मानसिक आक्रमण बढ्दै गईरहेको छ । सहकारीहरुमा एकपछि अर्को समस्या उत्पन्न भईरहेको छ । विगत् लामो समयदेखी देशमा भईरहेको आर्थिकमन्दीका कारण सहकारी संस्थामा थप समस्या देखिएको हो ।

बचतफिर्ताको दबाबका कारण सहकारी संस्थाका सञ्चालक र कर्मचारीहरु जोखिममा पर्न थालेका छन् । त्यसै क्रममा चन्द्रागिरी नगरपालिकामा रहेको मच्छेनारायण ग्रामिण बचत तथा ऋण सहकारी संस्थामा सञ्चालक र कर्मचारीमाथि बचतकर्ताहरुले हातपात गर्ने प्रयास गरेका छन् ।

सोमबार कार्यालयमा आएका बचतकर्ताहरुको समूहले संस्थाका पदाधिकारी तथा कर्मचारीमाथि हात उठाएको संस्थाका अध्यक्ष वसन्त कुमार सिग्देलले बताएका छन् । उनले सञ्चालक तथा कर्मचारीमाथि आक्रमणको प्रयास भएकोमा सम्बन्धित सनकायलाई ध्यानाकर्षण गराउँदै विज्ञप्ती समेत जारी गराएका छन् ।

सोमबार संस्थाको सदस्य तथा पीडित समूहले कार्यालयमा आएर तोडफोड र सञ्चालकलाई हातपात गर्ने प्रयासले सहकारी नै बन्द गर्नुपर्ने परिस्थिति सिर्जना भएको उल्लेख गर्दै यसप्रकारको आक्रामक गतिविधि नगर्न, उत्तेजना र आवेशमा नआईदिन सम्पूर्ण सदस्यहरुलाई आग्रह गर्दै विज्ञप्ती जारी गरेको थियो ।

सो घटनाबारे प्रहरीमा जानकारी गराईसकेको भन्दै अध्यक्ष सिग्देलले कसैको भड्काव, उत्तेजना वा आवेशमा आई गरिने कार्यबाट संस्थामा कुनै प्रकारको हानी नोक्सानी क्षती पुग्न गएमा सो व्यक्ति वा समूह नै सम्पूर्ण रुपमा जिम्मेवार हुने र कानून बमोजिम दण्ड सजायको भागीदार रहने बताएका छन् ।

विज्ञप्तीमार्फत् संस्थाबाट गरिएको ऋण लगानी वापतको रकम उठाउन नसक्दा बचत फिर्ता कार्यमा समस्या उत्पन्न भएको र आशिंक रुपमा बचतफिर्ता गरिरहेकोमा उक्त कार्यलाई बाधा नपुर्याई साथ दिन सहकारीले आग्रह गरेको छ ।

सहकारीले सोमबार भएको हिंसात्मक गतिविधिहरु आगामी दिनमा नगर्न र नगराउन साथै आपसी होहल्लाको पछि नलागी संस्थाको आधिकारीक सूचना र जानकारी लिएर मात्र कदम चाल्न सम्पूर्ण सदस्यहरुमा अपिल गरेको छ । 

सहकारी दिनप्रतिदिन जोखिममा

आर्थिक तरलताको कारण उत्पन्न सहकारी संस्थामा देखिएको समस्यालाईे सञ्चालकहरुले प्रष्ट रुपमा आफ्ना सदस्यहरुलाई जानकारी गराउन नसक्दा पनि अहिले दिनानुदिन सञ्चालक र कर्मचारीमाथि आशंका र आक्रमण बढ्दै गईरहेको छ । केही सहकारी सञ्चालकहरुले नै अन्य सहकारी विरुद्ध बचतकर्ताहरुलाई उक्साउने, समस्या देखाउने विवादित विषय ल्याएर अफवाह फैलाउने कार्य भएकाले पनि ति सहकारी तथा सञ्चाहकहरु बचतकर्ताको निशाना पर्दै गईरहेको स्रोतले खुलाएको छ ।

केही दिन अगाडि मात्र कीर्तिपुर दर्शन सहकारी, कीपू ढुकु सहकारी संस्था लगायतका विभिन्न सहकारीका सञ्चालक तथा कर्मचारीहरुमाथि हातपात भएको तथ्य बाहिरिएको छ ।
सो संस्थाका अध्यक्षहरुले सम्पत्ति व्यवस्थापन र बचत फिर्ताका लागि दिनरात जुटिरहेकाले कार्यालयमा उपस्थिति हुन नसकेको जसले गर्दा सञ्चालक र सदस्यहरुबीच अन्तक्र्रिया हुन नसक्दा मतभेदको सिर्जना हुन गएको स्पष्टीकरण दिँदै आईरहेका छन् । साथै, बचतकर्ताहरुलाई अहिलेको परिस्थितिमा संयमता अपनाउन समेत आग्रह गरिरहेका छन् ।

सहकारीले वित्तिय विवरण तथा श्वेतपत्र जारी नगर्दापनि बचतकर्ताहरुमा आशंका बढ्दै गईरहेको सरोकारवालाहरुको भनाई छ । सहकारी विभाग तथा सम्बन्धित निकायले पटकपटक आफ्नो वित्तिय अवस्थाकाबारे शेयर सदस्यहरुलाई प्रष्ट रुपमा जानकारी गराउन, छलफल गर्न र श्वेतपत्र जारी गर्न ताकेता गरेपनि कीर्तिपुर लगायत आसपास क्षेत्रका सहकारीहरुले श्वेतपत्र जारी गर्न अटेर गरिरहेका छन् । जसले गर्दाखेरी ती सहकारीहरुमा थप समस्या र बचतकर्ताहरुको निशानामा पर्ने गरेको छ । अहिले तत्काल वित्तिय अवस्थाको जानकारी गराउनुपर्ने र बचत फिर्ता हुनुपर्ने माग गर्दै पिडित सदस्यहरुले योभन्दा अगाडि धर्ना दिएका थिए ।

यता सहकारी सञ्चालक तथा सहकारी अभियानकर्ताहरुले अहिलेको राजनैतिक खिचातानी र आर्थिक संकटका कारण सहकारी सस्थालाई निकै नै समस्या पर्न गएको र त्योसँगसँगै राष्ट्रिय सहकारी बैंकले कुनै पनि प्रभावकारी सेवा नदिई सहकारी सञ्चालकलाई थप चपेटामा पारेको हुँदा तत्काल बचतफिर्ता गर्न अवस्था नरहेको बताएका छन् । त्यस्तै कतिपय सहकारीले जग्गमा लगानी गर्दा सो जग्गाको मूल्य घटेको र न्यूनतम मूल्यमा पनि जग्गा बिक्रीवितरण गर्न नसक्दा बचतफिर्तामा थप समस्या हुन गईरहेको सहकारीकर्मीहरुको भनाई छ ।