Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

प्रतिजैविक औषधीमा रातो धर्का राख्न सरकारको निर्देशन


प्रतिजैविक औषधीमा रातो धर्का राख्न सरकारको निर्देशन

काठमाडौं, भदौ १५। औषधी व्यवस्था विभागले प्रतिजैविक औषधीमा अनिवार्य रूपमा प्राइमरी र सेकेन्डरी प्याकिङको लेबलमा रातो धर्का राख्न उत्पादक तथा आयात कर्तालाईपनि निर्देशन दिएको छ । औषधी सल्लाहकार समितिको ५५ औँ बैठकबाट विभागलाई सो व्यवस्था लागु गर्न सिफारिस आएसँगै विभागले बुधबार विज्ञप्तिद्वारा औषधी उत्पादन तथा आयात कर्तालाई अनिवार्य औषधीको लेबलमा रातो धर्का राख्न निर्देशन दिएको हो।

समितिले विभागलाई गरेको सिफारिस अनुसार प्रतिजैविक वर्गको औषधीको प्राइमरी र सेकेन्डरी प्याकिङ सामग्रीको मौज्दात सकिएपछि वा निर्णय भएको मितिले बढीमा छ महिनापछि उत्पादन हुने औषधीमा अनिवार्य रूपमा प्याकिङको लेबलमा रातो धर्का राख्नुपर्ने छ । विभागका अनुसार प्रतिजैविक औषधीको अधिक प्रयोग, न्यून प्रयोग तथा अनावश्यक प्रयोगले गर्दा उत्पन्न हुने प्रतिजैविक प्रतिरोध एन्टिमाइक्रोबियल प्रतिरोधलाई न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय प्रचलन अनुसार प्रतिजैविक औषधकिो प्राइमरी र सेकेन्डरी प्याकिङको लेबलमा रातो धर्का लगाउने अभ्यास हुँदै आएको छ ।