Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बिपी राजमार्गको वैकल्पिक मार्ग अझै खुलेन


बिपी राजमार्गको वैकल्पिक मार्ग अझै खुलेन

काठमाडौं । बिपी राजमार्ग अन्तर्गत पर्ने वैकल्पिक राजमार्ग हालसम्म पूर्ण रूपमा सुचारु नभएको ट्राफिक प्रहरीले जनाएको छ । मंगलटारबाट रोशी खोला पार गरी तेमाल गापा वडा नं ७ कल्धार, मेटोल, कुरुबास, काङलिङ, पोखरी नारायणस्थान, कानपुर, भकुन्डे हुँदै धुलिखेलतर्फको लागि वैकल्पिक मार्ग सुचारु गर्न निरन्तर प्रयास भइरहेको र उक्त वैकल्पिक रुट खुल्न साथ तत्काल जानकारी गराइने ट्राफिक काभ्रेपलान्चोक जिल्ला समन्वय समितिले सूचना जारी गर्दै जानकारी गराएको छ । मंगलटारबाट सिन्धुलीको सिमानासम्मको करिब ७ किमी बाटो सञ्चालन गर्न प्रयासरत रहेको भएता पनि केही दिन लाग्न सक्ने देखिन्छ । हाल काभ्रे स्थित बिपी राजमार्ग पूर्ण रूपमा बन्द रहेको छ ।