Tuesday, November 26, 2024

२०८१ मंसिर ११, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

महाशिवरात्रि पर्व व्यवस्थापनका लागि ४० लाख खर्च हुने, पर्वको तयारी पूरा


महाशिवरात्रि पर्व व्यवस्थापनका लागि ४० लाख खर्च हुने, पर्वको तयारी पूरा

काठमाडौँ । गुठी संस्थानले महाशिवरात्रि पर्व व्यवस्थापनका लागि रु ४० लाख खर्च हुने जनाएको छ । महाशिवरात्रि पर्वको तयारीबारे संस्थानको त्रिपुरेश्वरस्थित प्रधान कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा संस्थानका अध्यक्ष डा शिवराज पण्डितले गुठीको करिब रु १५ करोड बजेटमध्ये महाशिवरात्रिमा प्रत्येक वर्ष करिब ४० लाख खर्च हुने गरेको बताए।

देशभरका राज गुठीअन्तर्गत करिब दुई हजार तीन सय गुठीमध्ये सात सय १७ देवस्थलहरुको साविक परम्परा बमोजिमका पर्व, पूजा, जात्रा, लगायतका धार्मिक तथा सांस्कृतिक कार्यको सञ्चालन व्यवस्थापनको जिम्मेवारी संस्थानले गर्दै आएको छ ।

उपत्यका बाहिरका विवाह पञ्चमी, राम नवमी, झुला पर्व, मिथिल्ला परिक्रमा, मनकामना पर्व, उपत्यकाभित्रका महाशिवरात्रि पर्व, रातो मच्छिन्द्रनाथ, सेतो मच्छिन्द्रनाथ, इन्द्रजात्रा, विस्केटजात्रा, हाडीगाउँको जात्रा, मङ्गामाईको जात्रा, गह्येश्वरी जात्र, महास्ना पर्व, महाकाली जात्रा, चाँगु नारायणको जात्रा, राष्ट्रिय महत्वका जात्रा पर्व हुन् ।

पर्वको तयारी

गुठी संस्थानले यस वर्षको महाशिवरात्रिको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । साधु सन्त महन्त, पुजारी, सुरक्षा निकाय पशुपति क्षेत्र विकास कोषसँगको सहकार्यमा पशुपति क्षेत्रमा रहेका साधुसन्तका लागि ४९ हजार किलो र कालमोचन क्षेत्रमा रहेका साधु सन्तका लागि तीन हजार किलो दाउरा खरिद, उनीहरुको भोजनको प्रबन्ध तथा धुनीका लागि स्थान व्यवस्थापन लगायतका काम गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

महाशिवरात्रि पर्व सञ्चालन तथा व्यवस्थापनका लागि मूल समिति गठन गरी पशुपति क्षेत्रमा जनशक्ति खटाइएको छ । साधु, सन्त महन्तलाई शिवरात्रि अवधिभर विभिन्न स्थानमा धुनी ताप्ने दाउरा, भोजन, जलपानको व्यवस्था गरिएको संस्थानले जनाएको छ ।

photo by gorkhapatra