Tuesday, June 10, 2025

२०८२ जेष्ठ २८, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

डा.बाबुराम भट्टराई एक साता लामो भारत भ्रमणमा


डा.बाबुराम भट्टराई एक साता लामो भारत भ्रमणमा

काठमाडौं ।  ललिता निवास जग्गा प्रकरणमा सीआइबीबाट उन्मुक्ती पाएका पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई एक साता लामो भ्रमणका क्रममा आज भारत प्रस्थान गर्दैछन् । भ्रमणका क्रममा उनले नेपाली समुदायसँग छलफल, अन्तरक्रिया गर्नुका साथै तीज विशेष भेटघाट र नेपालको आर्थिक विकासलगायतका विषयमा व्याख्यान दिने भट्टराईको सचिवालयले जानकारी दिएको छ। भारत बसाईका क्रममा डा भट्टराईले त्यहाँका नेपाल–भारत सम्बन्धमा जानकार बुद्धिजीवी, नागरिक समाजका अगुवासँग पनि भेटघाट गर्ने कार्यक्रम छ। डा। भट्टराईको कार्यक्रम गोवा, कर्नाटक, नयाँ दिल्ली र चन्डिगढमा केन्द्रित हुनेछ। नेपाल समाजवादी पार्टी प्रवास कमिटीको निमन्त्रणामा भट्टराई आज भारत जान लागेका हुन् । डा. भट्टराई असोज ५ गते स्वदेश फर्कनेछन्।