Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

काठमाडौँ महानगरपालिकाद्धारा ७ वटा सहकारी संस्थालाई कारबाही गर्न सीआइबीमा पत्र


काठमाडौँ महानगरपालिकाद्धारा ७ वटा सहकारी संस्थालाई कारबाही गर्न सीआइबीमा पत्र

काठमाडौं । काठमाडौँ महानगरपालिकाले ७ वटा सहकारी संस्थालाई कारबाहीको प्रक्रिया अघि बढाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा पत्र पठाएको छ । ४० वटा सहकारीको अनुगमन गर्दा ६ वटा बचत तथा ऋण सहकारी र एउटा बहुउद्देश्यीय सहकारीलाई कारबाहीको प्रक्रिया अघि बढाउन माग गरेको हो ।

महानगरपालिकाले सुमेरु बचत तथा ऋण सहकारी संस्था लिमिटेड, स्क्वास बचत तथा ऋण सहकारी संस्था लिमिटेड, रुरल डिभपलमेन्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सत्कार बचत तथा ऋण सहकारी संस्था लिमिटेड, महाबौद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड र नमो हारती बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई थप अनुसन्धान गर्न पत्रमा उल्लेख गरेको छ ।

यस्तै, आधारभूत बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड छ । उद्देश्य विपरीत लगानी, क्षेत्राधिकार बाहिरको बचत स्वीकार तथा लगानी, सदस्यभन्दा बाहिरको लगानी, एकाघर व्यक्ति वा एक व्यक्ति नियम विपरीत सञ्चालक भएको, लगानी लिएको र सो विषयमा थप अनुसन्धानको माग गरिएको छ ।