Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सुदूरपश्चिम प्रदेशको बजेट ३१ अर्ब ६२ करोड ९८ लाख


सुदूरपश्चिम प्रदेशको बजेट ३१ अर्ब ६२ करोड ९८ लाख

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपियाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले आज प्रदेश सभामा चालु आर्थिक वर्षका लागि अनुमानित आयव्यय प्रस्तुत गरेका हुन । प्रस्तुत बजेटमध्ये चालुतर्फ १२ अर्ब ८५ करोड ७४ लाख पाँच हजार (४०.६५ प्रतिशत) बजेट विनियोजन गरिएको छ । यसैगरी, पुँजीगततर्फ १८ अर्ब ७६ करोड २४ लाख २३ हजार (५९.३२ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ एक करोड (०.२ प्रतिशत) रुपियाँ बजेट विनियोजन गरेको छ । असार १ गते प्रस्तुत भएको बजेट प्रदेश सभाबाट पास हुन नसकेपछि सरकारले फेरि संशोधित बजेट प्रस्तुत गरेको हो ।