काठमाडौं । काठमाडौंको कीर्तिपुर स्थीत दर्शन बचत तथा ऋण सहकारी संस्थाका सचिव यशोदा राईले सहकारी सञ्चालकलाई भाग्ने छुट नभएको बताएकी छन् । उनले बचतकर्ताको रकम कुनै पनि हालमा फिर्ता गर्नुपर्ने भन्दै सञ्चालक भागेर उम्कीन नसक्ने बताइन ।
विजनेस दर्शनका संवाददातासँगको कुराकानीमा उनले अहिले दर्शन साकोसले बचतकर्ताको रकम फिर्ताकालागि कार्ययोजना सार्वजनिक गरेको र सोहि कार्ययोजना अन्र्तगत बचतफिर्ता हुने दावी गरिन । केहि चलअचल सम्पत्तीको विक्रि सुरुभएको र सोहि अनुरुप बचतफिर्ताको योजना बनाएको उनले बताइन । उनले भनिन् ‘हामीले सबै सदस्यहरुलाई समानरुपमा बचतफिर्ताको योजना बनाएका छौं’ ।
‘केहि शेयर सदस्यहरुले अहिले बचतफिर्ताको माग गर्दै आन्दोलन सुरु गर्नुभएको छ । उहाँलाई म भन्छु तपाईहरु आन्दोलन गर्नु नै पर्दन् हामी बचतफिर्ताको योजना बनाई अघि बढीसकेका छौं । सो विषयलाई बागमती प्रदेशको सम्बन्धीत विभागमा समेत बुझाई सकेकाले बचतफिर्ता हुने मा ढुक्क हुनुहोस्’। उनले अहिले देशैभरिका सहकारीमा समस्या आएकाले सहकारीलाई संकटग्रस्त तर्फ नधकेल्न आग्रह गरिन । दर्शन साकोसमा पछिल्लो समय भएको चरणबद्ध आन्दोलनलाई रोकि सहमतिमा निकास खोज्न संघर्ष समितिलाई उनको आग्रह थियो ।