काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि सरकारी प्रयासले मात्रै विराट प्रगति गर्न नसक्ने बताएका छन् । बुधवार नेपाल पर्यटन बोर्डद्वारा आयोजित स्वागत कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले निजी क्षेत्रलाई स्वतःस्फूर्त रूपमा आउन आग्रह गरे ।
मन्त्री पाण्डेले भिजिट नेपाल अभियानले पर्यटन क्षेत्रलाई उजागर गरेको बताए । एक अर्काको कमी कमजोरी आग्रह पूर्वाग्रह नगरी पर्यटनको विकासका लागि अघि बढ्न कर्मचारीलाई समेत उनले निर्देशन दिए ।
उनले परिणाममुखी काम गरेर पर्यटनको क्षेत्रमा चलायमान र गतिशील बनाउन आग्रह गरे। पर्यटनका क्षेत्रमा नीतिगत, कानुनी, पद्धति वा प्रवृत्ति के कारणले समस्या उत्पन्न भएको हो रु त्यसको पहिचान गरेर अघि बढ्नु पर्नेमा उनले जोड दिए ।
नेपाल वायु सेवा निगम लगायतका क्षेत्रमा प्रश्न उठेको बताउँदै के कति कारणले चल्न सकेको छैन भन्दै प्रश्न गरे । उनले बहुभाषिक, बहुसांस्कृतिक र भौगोलिक दृष्टिकोणमा विविधता भएकाले नेपालको अलग्गै पहिचान रहेको बताए।
उनले नेपालमा आउने पर्यटकले विविध क्षेत्रको अध्ययन, अवलोकन गर्नका लागि आउने गरेको दाबी गरे।