Tuesday, June 17, 2025

२०८२ असार ३, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अस्ट्रेलिया र दुबई पठाउने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ


अस्ट्रेलिया र दुबई पठाउने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा अस्ट्रेलिया र दुबई पठाउने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भक्तपुरको भक्तपुर नगरपालिका–१० कमलविनायक घर भएका ३६ वर्षीय ज्वालाराम मुस्याख्वा र रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ नयाँगाउँका ३७ वर्षीय बुद्धिबहादुर बस्याल छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

मुस्याख्वालाई बागबजारबाट र बस्याललाई सामाखुशीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । मुस्याख्वाले वैदेशिक रोजगारीमा अस्ट्रेलिया पठाउँछु भन्दै प्रलोभन देखाएर एक जनाबाट २ लाख ठगेको आरोप छ, भने बस्यालले दुबई पठाउछु भन्दै १ लाख ९० हजार ठगी गरेको आरोप छ ।