काठमाडौँ । संसदीय सुनुवाइ समितिले श्रीलंकाको राजदूतमा पूर्णबहादुर नेपालीलाई सर्वसम्मतले अनुमोदन गरेको छ । संसदीय सुनुवाइ समितिको आइतबारको बैठकले श्रीलंकाको राजदूतमा नेपालीलाई सर्वसम्मतिले अनुमोदन गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को मंसिर ६ गतेको बैठकले श्रीलंकाको राजदूतमा नेपालीलाई सिफारिस गरेको थियो । त्रिभुवन विश्वविद्यालयको सहप्राध्यापकमा कार्यरत नेपालीलाई सरकारले श्रीलंकाको राजदूतमा सिफारिस गरेको हो ।
नेपालीलाई माल्दिभ्सको गैरआवासीय राजदूतको लागि पनि सिफारिस भएका छन् । संसदीय समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले राजदूतमा नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।