काठमाडौँ । प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले पदबाट राजीनामा दिएका छन् । शिक्षा मन्त्रालयको सचिवबाट अवकास पाएपछि गत असारमा उनी प्रतिनिधि सभाको सचिव बनेका थिए । तर उनले स्वास्थ्यको कारण देखाउँदै आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबारबाट लागू हुनेगरी राजीनामा बुझाएका छन् । सचिवबाट अवकास पाएपछि उनी समान पदमै फेरि नियुक्त भएका थिए ।
प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीद्धारा पदबाट राजीनामा