Tuesday, November 04, 2025

२०८२ कार्तिक १९, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सेयर बजारमा १२ करोडको सिमा हटाउः ओली


सेयर बजारमा १२ करोडको सिमा हटाउः ओली

काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको अर्थतन्त्र ध्वस्त बनाउन भष्मासुर भएर लागिरहेको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा समय लिएर बोल्दै यस्तो बताएका हुन्। उनले अर्थतन्त्रको संकटलाई लिएर उद्योग व्यवसायी तथा लगानीकर्ता चरम निराशामा पुगेको बताएका छन्।

सरकार अर्थतन्त्रको संकटलाई ढाकछोप गर्न लागिपरेको छ, उनले राजस्व संकलनको अवस्था हेर्दा अत्यन्तै डरलाग्दो रहेको बताए । उनले थपे आयात निर्यात दुवै घटेको छ, अहिले ऋण लिने सरकार चलाउने मात्रै काम भएको छ।

ओलीले सरकारप्रति उद्योगी व्यवसायीले विश्वास गर्न सक्ने अवस्था मात्रै होइन व्यवसायी त्रसित रहेको उनको बताएका छन्। शेयर बजारमा १२ करोडको सिमा लगाइएको भन्दै त्यसलाई हटाउन उनले सरकारलाई आग्रह गरेका छन्।