पेनाल्टी सुटआउटमा ब्राजिललाई पराजित गर्दै उरुग्वे कोपा अमेरिकाको सेमिफाइनल प्रवेश गरेको छ । आइतवार विहान भएको क्वाटरफाइनल खेलमा निर्धारित समयमा भएको खेल बराबरीमा टुङ्गिएपछी भएको पेनाल्टी सुट आउटमा उरुगेवले जित हासिल गरेको हो ।
प्रतिस्पर्धात्मक खेलको निर्धारित समयको ७४ औं मिनेटमा उरुग्वेका स्टार खेलाडी नुनेजले रातोकार्ड खाएर बाहिरिएपनि ब्राजिलले त्यसको फाइदा उठाउन नसक्दा पेनाल्टी सुटआउटमा ४-२ को हार बेहोर्नु परेको हो । जितससँगै कोपा अमेरिका-२०२४ सेमिफाइनल समीकरण पूरा भएको छ । अब सेमिफाइनलमा अर्जेन्टिनाले क्यानडा तथा उरुग्वेले कोलम्बियाको सामना गर्नेछ ।