Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कांग्रेसले माग्यो उपसभामुखको राजीनामा


कांग्रेसले माग्यो उपसभामुखको राजीनामा

काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेसले उपसभामुख इन्दिरा राना मगरको राजीनामा माग गरेको छ ।

बुधबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेस सांसद शान्ति परियारले पत्रमा हस्ताक्षर गर्न हुने नहुने उपसभामुख जस्तो व्यक्तिले बुझ्नुपर्ने बताइन् । उनले पदबाट राजीनामा दिएर छानबिनमा सहयोग गर्न माग गरिन् ।

‘पत्र लेख्नु कति जायज थियो उहाँले बुझ्नु पर्ने थियो । उपसभामुख पद देशको प्रतिष्ठा जोडिएको छ । उपसभामुख पद देशको अभिभावक हो ‚’ उनले भनिन्‚‘यसमा विवाद आउँदा यस्तो गरिमामय पदमा आउँदाखेरी मार्ग प्रशस्त गर्दा राम्रो हुन्छ । प्रतिष्ठासँग जोडिएको हुँदा गम्भीर भएर मार्ग प्रशस्त गर्न अनुरोध छ।’