काठमाडौं । कलाकार सारुक ताम्राकारको निधनबारे निष्पक्ष छानबिनको माग गर्दै उनका समर्थकहरुले शान्तिपूर्ण र्याली निकालेका छन् । उनीहरु ज्ञानेश्वर चोकदेखि मालीगाउँसम्म मौन र्यालीको आयोजना गरेका हुन् । र्यालीका क्रममा उनीहरुले बाटोमा भएका फोहोर उठाइने बताइएको छ । ताम्राकारको मृत्युबारे निष्पक्ष छानबिन गर्न उनका परिवार र समर्थकले सरकार आग्रह गर्दै आएका छन् ।
सारुक ताम्राकारको निधनबारे निष्पक्ष छानबिनको माग गर्दै शान्तिपूर्ण र्याली