काठमाडौं । नेपालमा मनसुन भित्रिएयता विपदका घटनाबाट १९३ जनाको मृत्यु भएको छ। आज बिहान ८ बजेसम्मको विवरणअनुसार अविरल वर्षा, पहिरो, चट्याङ तथा बाढीका कारण १९३ जनाको मृत्यु भएको हो।
बाढीकै कारणले मात्रै ५० जना, पहिरोले २२ जना, अविरल वर्षाका कारण एक जना र चट्याङले लागेर १५ जनाको मृत्यु भएको हो। यसरी ज्यान गुमाउनेहरूमा सबैभन्दा धेरै पुरूष छन्। पुरूष ८२, महिला ५५, बालक २१ र बालिका ३५ जनाको मृत्यु भएको प्रधान कार्यालयले जनाएको छ।
दुई महिनाको अवधिमा भएको विभिन्न प्रकारका विपदका घटनाबाट २४६ जना घाइते भएका छन्। जसमध्ये १०९ जना पुरूष घाइते छन्। ७६ जना महिला, २१ जना बालक र ३० जना बालिका घाइते छन्। त्यस्तै विपदका घटनामा परी ४९ जना मानिसहरू बेपत्ता छन्। बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ।