काठमाडौं । नेपालका लागि हुन्डाईको विद्युतीय गाडी आयोनिक ५ को मूल्य घटेको छ। आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आयोनिक ५ मा एकैपटक १६ लाखले मूल्य घटाउँदै नयाँ मूल्य सार्वजनिक गरेको हो। नयाँ सूची अनुसार हुन्डाई आयोनिक ५ को मूल्य १ करोड २ लाख ९६ हजार रूपैयाँ तोकिएको छ।
योभन्दा अघि गाडीको मूल्य १ करोड १६ लाख ९६ हजार रूपैयाँ रहेको । सरकारले १०० किलोवाट क्षमताभन्दा माथिका गाडीमा लाग्ने कर घटाएसँगै कम्पनीले गाडीको मूल्य घटाएको हो। आयोनिक ५ १२५ किलोवाट क्षमताको हो। हालसम्म कम्पनीले ५० वटा भन्दा धेरै आयोनिक ५ बिक्री गरिसकेको छ।
आयोनिक ५ को डिजाइनिङ र स्टाइल निकै आधुनिक हुनुका साथै आकर्षक छ। यसमा प्यारामेट्रिक पिक्सल हेडल्याम्प, पिक्सेल टेल लाइट र काल्मसेल हुड दिइएको छ। हुन्डाईको नयाँ विद्युतीय ग्लोबल मोडुलर प्लेटफर्म ईजिएमपीमा आधारित आयोनिक ५ पहिलो गाडी हो। यसमा जडित ब्याट्रीले फास्ट चार्ज समर्थन गर्छ। आयोनिक ५ को भित्री डिजाइनिङमा प्रयोग भएका कच्चा सामग्रीहरू वातावरण मैत्री छन्।