पोखरा । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी पीडितहरुले कालो झण्डा देखाएका छन् । पार्टीको गण्डकी प्रदेशस्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्न पोखरा पुगेका सभापति लामिछानेलाई सहकारी पीडितहरुले कालो झण्डा देखाएका हुन् ।
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई पोखराको बिरौटामा सूर्यदर्शन सहकारी संस्थाका बचतकर्ताले कालो झण्डा देखाएका थिए ।
बैठकस्थलमा छिर्ने क्रममा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले लामिछानेलाई कालो झण्डा देखाए ।
सहकारी पीडितहरुले ‘सहकारी ठगलाई राजनीतिक संरक्षण, कसले गर्छ हाम्रो वचतको संरक्षण’, प्रहरी प्रशासनको दुरुपयोग बन्द गरजस्ता नारा लगाएका थिए ।