Sunday, May 05, 2024

२०८१ बैशाख २३, आईतवार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० प्रस्तुत


प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० प्रस्तुत

काठमाडौं । मधेश प्रदेश सभामा प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० प्रस्तुत गरिएको छ । मधेश प्रदेश सभाको दोस्रो अधिवेशनको शुक्रबार बसेको सातौँ बैठकमा प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपानेले सो विधेयक प्रस्तुत गरे ।

उनले सभाको बैठकमा विधेयक प्रस्तुत गर्दै यस मन्त्रालयमा छ वर्ष बितिसक्दा पनि अहिलेसम्म कुनै ऐन नहुँदा समस्यासँगै मनपरी ढङ्गले चल्न थालेको बताए ।

कृषि क्षेत्रमा विकाससम्बन्धी कुनै कानुन नहुँदा समस्या सिर्जना भएको छ, उनले, “कृषि क्षेत्रमा व्यापक विकास, कृषि उत्पादन, उत्पादकत्व वृद्धिगरी दिगो आर्थिक विकास गर्दै किसान र सरोकारवाला सामुन्ने बहुआयमिक चुनौतीहरू सम्बोधन गर्न प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० प्रस्तुत गर्दछु ।”

विधेयक प्रस्तुत भएसँगै १७ गते दिउँसो १ बजे बस्नेगरी सभाको बैठक स्थगित गरिएको मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले घोषणा गरे ।