काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेयलाई संघीय संसदको कार्यवाहक महासचिवको जिम्मेवारी दिएका छन् । उनले बुधबार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँगको परामर्शमा प्रतिनिधिसभाका सचिव पाण्डेयलाई अर्को व्यवस्था नहुन्जेलसम्मकालागि संसद्को महासचिवको सेवा सुविधा पाउने गरी जिम्मेवारी तोकेका हुन् ।
संघीय संसदका महासचिव भरतराज गौतमले राजीनामा दिएका छन् । तर उनको राजीनामा स्वीकृत भइसकेको छैन । रिक्त रहेको पदमा सभामुख घिमिरेले पाण्डेयलाई काम गर्ने जिम्मेवारी दिएका हुन् । कानुनको व्यवस्थाबमोजिम सभामुख घिमिरे र राष्ट्रियसभाका अध्यक्ष तिमल्सिनाले सचिव पाण्डेयलाई नै संसद्को महासचिव नियुक्त गर्न यसअघि नै सिफारिस गरिसकेका छन् ।