Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अर्थमन्त्री पौडेलले भनेः बैंकिङ कसुरमा अभियोजन र कारबाहीका लागि नयाँ कानुन बन्छ


अर्थमन्त्री पौडेलले भनेः बैंकिङ कसुरमा अभियोजन र कारबाहीका लागि नयाँ कानुन बन्छ

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकिङ तथा वित्तीय प्रणालीको कारोबारमा हुनसक्ने चेक अनादरजस्ता कसुरजन्य कार्यको अनुसन्धान, अभियोजन र कारबाहीलाई व्यवस्थित बनाउन कानुन आवश्यक रहेको बताएका छन् ।

उनले ‘बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, २०८० संसद्मा दर्ता भएको बताए । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बोल्दै अर्थमन्त्री पौडेलले पछिल्ला दिनहरुमा बैंकिङ कसुर र चेक अनादरसम्बन्धी घटना उल्लेख्य रुपमा बढेको जानकारी दिए ।

उनले घटनाको अनुसन्धान र अभियोजन प्रक्रियालाई थप व्यवस्थित गर्न यो विधेयक कानुनका रुपमा कार्यान्वयनमा आउनुपर्ने धारणा राखे। विधेयकले चेक अनादरजस्ता बैंकिङ कसुरजन्य कार्यमा आर्थिक जरिवानालाई प्राथमिकतामा राखेको उनको भनाई थियो ।