काठमाडौं । नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्सप्रालिले ई–सी ३ सन् २०२३ को जुलाईमा नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ । सिट्रोन ई–सी ३ नेपालमा सार्वजनिक हुने पहिलो युरोपियन स्ट्यान्डर्ड इभी हो । ५७ पीएसको इलेक्ट्रिक मोटर र १४३ एनएमको टर्क सहितको ई–सी३ इन्जिनले ड्राइभिङको अनुभव प्रदान गर्दछ ।
उच्च हाई – डेन्सिटी लिथियम आयन ब्याट्री भएको ई–सी ३ ले ३२० किलोमिटर सम्मको रेञ्ज दिन्छ। ई–सी३ मा १००% डीसी फास्ट चार्जिंग हुन्छ । नयाँ सिट्रोन ई–सी३ लाईभ ३२ लाख ९९ हजार रूपैयाँ पर्दछ भने ई–सी३ फील विथ पयाक भाईभ ३४ लाख ९९ हजार रूपैयाँ पर्ने कम्पनीले जनाएको छ । ई–सी ३ विर्तामोड, विराटनगर, इटहरी, नारायणघाट, बुटवल, पोखरा र काठमाडौं उपत्यका लगायत नेपालका सात प्रमुख शहरहरुमा रहेका सिट्रोनका सबै आधिकारिक शोरुमहरुमा बुकिङका लागि उपलब्ध हुनेछ ।