Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

घाँसीकुवाको पहिरो हटाउन दिनभरी लाग्ने


घाँसीकुवाको पहिरो हटाउन दिनभरी लाग्ने

काठमाडौं । मुग्लिन पोखरा सडकखण्डको तनहुँ घाँसीकुवाको पहिरो हटाउन सुरुभएको छ । पहिरो ठूलो भएकाले पूरै पन्छाउन आज दिनभरी लाग्ने अनुमान छ । बुधबार तनहुँको ब्यास नगरपालिका १२ घाँसीकुवामा पहिरो झरेको थियो ।

प्रहरीका अनुसार ठूला रुखसहित झरेको पहिरोले सडकको करिब डेढ सय मिटर भाग ढाकेको थियो । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले आज बिहानदेखि सडकको दुवैतर्फबाट पहिरो पन्छाउने काम जारी रहेको बताए । उनका अनुसार सडक विस्तारको काम गर्दै आएको चिनियाँ ठेकेदार कम्पनी र नेपाली सेनाको टोली बाटो खुलाउने काममा खटिएका छन् ।

वैकल्पिक सडक प्रयोग गर्न आग्रह । पहिरोले मुख्य सडक बन्द भएपछि साना तथा ठूला सवारी साधनहरुलाई अलग—अलग वैकल्पिक बाटो प्रयोग गर्न भनिएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता दिपक कुमार रायका अनुसार साना तथा मझौला सवारी साधनहरुलाई दमौलीतर्फबाट आउनु परेमा तालघरे, दरैपधेँरा हुँदै घाँसीकुवा निस्किन भनिएको छ ।