Tuesday, November 04, 2025

२०८२ कार्तिक १९, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अवैध सुन तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले माग्यो सुझाव


अवैध सुन तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले माग्यो सुझाव

काठमाडौं, सुनको अवैध तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले त्यससम्बन्धी कानुन परिमार्जनका लागि सार्वजनिकरुपमा सुझाव माग गरेको छ।आयोगको बुधबार बसेको बैठकले आयोगको कार्यक्षेत्रसँग सम्बन्धित विषयहरुमा एक महिनाको समयावधि दिएर सार्वजनिकरुपमा सुझाव माग गर्ने निर्णय गरेको हो।सुन तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले माग्यो सुझाव बैठकका निर्णय बारे जानकारी दिँदै आयोगका अध्यक्ष डिल्लीराज आचार्यले आयोगको पहिलो बैठकले आयोगका कार्यक्षेत्रसँग जोडिएका विषयहरुमा सर्वसाधारण र सम्बन्धित क्षेत्रका विज्ञहरुबाट सुझाव उपलब्ध गराउन आग्रह गर्ने निर्णय गरिएको बताएका छन्।

सुनको अवैध पैठारीका सम्बन्धी अपराधको पूर्ण नियन्त्रण गर्न मौजुदा कानूनमा गर्नुपर्ने परिमार्जन र संरचनात्मक सुधार के,कसरी गर्न सकिन्छ विदेशबाट इलेक्ट्रोनिक सिगरेट र ब्रेकसु मा समेत सुन राखी अवैध पैठारी गरिएको लगायतका पटक,पटक भइरहेको सुन तस्करीजन्य कसुरको प्रकृति तथा यसबाट पर्ने बहुपक्षीय असरहरु के,के छन् यसबारे हामीले सबैबाट एक महिनाभित्र सुझाव माग गर्ने निर्णय गरेका छौँ,आयोगका अध्यक्ष आचार्यले भने।

सुन तस्करीको प्रकृति, सुनको परिणाम र सुन तस्करी अपराध को दायरा, सुन तस्करी कार्यमा संलग्न व्यक्तिहरुको संलग्नता र थप अनुसन्धान, सुनको अवैध पैठारी तस्करी सम्बन्धी मुद्दामा भएका न्यायिक वा अर्धन्यायिक फैसला वा अन्तिम आदेश तथा तोकिएको जिम्मेवारी निर्वाहको सम्बन्धमा सुझावहरु माग गरिएको अध्यक्ष आचार्यले बताएका छन्।बैठकले आयोगको नाम सुनको अवैध पैठारी तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग २०८० लेख्ने निर्णय गरेको छ।