Saturday, May 04, 2024

२०८१ बैशाख २२, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

युक्रेनले सार्वजनिक गर्‍यो ५ नेपाली युद्धबन्दी


युक्रेनले सार्वजनिक गर्‍यो ५ नेपाली युद्धबन्दी

काठमाडौँ — युक्रेनले आफ्नो नियन्त्रणमा रहेका ५ नेपाली युद्धबन्दी सार्वजनिक गरेको छ । रुसी सेनामा भर्ती भई युद्ध लड्ने क्रममा विभिन्न स्थानबाट नियन्त्रणमा लिइएका उनीहरूलाई शुक्रबार सार्वजनिक गरिएको हो । युक्रेनी सरकारको ‘ट्रिटमेन्ट अफ प्रिजनर्स अफ वार’ हेडक्वार्टरका संयोजक पेट्रो यात्सेन्कोले आफूहरूको नियन्त्रणमा नेपाली ५ तथा क्युबा, सोमालिया र सियरा लियोनका एक—एक नागरिक रहेको उल्लेख गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

रुसी सेनामा गैरकानुनी रूपमा भर्ती भएका बर्दियाका विवेक खत्री, काभ्रेका सिद्धार्थ ढकाल, मोरङका विकास राई, रोल्पाका प्रतीक पुन र गोरखाका ईश्वर लामिछाने युक्रेनी सेनाको कब्जामा छन् । युक्रेनले उनीहरूलाई एकै स्थानमा राखेर बयान लिएको थियो ।

नेपालीहरूसँगको कुराकानीपछि सबैलाई त्यहाँबाट रिहा भएपछि रुस जान र सैन्य सम्झौता रद्द गरेर नेपाल फर्कन वाचा पनि गराएको छ । युक्रेनले बन्दीहरूलाई कहिले छाड्छ भन्ने बारेमा भने जानकारी दिएको छैन ।

संयोजक यात्सेन्कोले राजधानी किभमा आयोजित पत्रकार सम्मेलनमा कमजोर आय भएका देशका केही नागरिकलाई रुसले भर्ती गर्ने र युद्धमा आफ्नो हतियारका रूपमा प्रयोग गर्ने उच्च सम्भावना रहेको बताएका छन् । युक्रेनले ग्लोबल साउथका मुलुकहरूलाई आफ्ना नागरिकलाई रुसी सेनामा भर्ती भएर युक्रेनसँगको युद्धमा सहभागी हुन नदिन पनि सार्वजनिक रूपमै आग्रह गरेको छ ।

नेपालको परराष्ट्र मन्त्रालयले युक्रेनको कब्जामा रहेका नेपाली छुटाउन निरन्तर पहल गरिरहेको जनाएको छ । युक्रेनी पक्षसँग मन्त्रालयले आफ्ना संयन्त्रमार्फत गृहकार्य गरिरहेको परराष्ट्रका प्रवक्ता अमृतकुमार राईले जानकारी दिए ।

नेपालले लामो समयदेखि जर्मनीस्थित नेपाली द्तूावासमार्फत युक्रेनी कब्जामा रहेका आफ्ना नागरिक रिहा गर्न कूटनीतिक प्रयास गर्दै आएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार लगातारको प्रयासपछि जर्मनीस्थित नेपाली राजद्तू रामकाजी खड्का र युक्रेनी राजद्तूबीच कूटनीतिक संवाद भइरहेको छ ।