काठमाडौं । सहकारी ठगी प्रकरणमा नाम मुछिएका दिपेश कुमार पुनले अतिथि बनेर गएको समय सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सचिव बनाएको बताएका छन् ।
सहकारी ठगी प्रकरणको संसदीय छानबिन समितिले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा पुनले सहकारीको साधारणसभामा अतिथि बनेर जाँदा थाहा नै नदिई सचिवमा राखेको पुनले आफ्नो बयानमा भनेका हुन ।
पुनले बयानमा ६ महिनापछि आफूलाई सो संस्थाको सचिवमा रहेको भन्ने थाहा पाएपछि राजीनामा दिएको प्रतिवेदनमा उल्लेख छ । उनको राजीनामा साधारणसभाबाट अनुमोदन पनि भइसकेको बताएका थिए ।
पुनले संस्थाको अध्यक्ष समेत आफू हिरासतमा रहँदा थाहा पाएको उल्लेख गरे । संस्थाको बारेमा र कारोबारको विषयमा आफूलाई जानकारी नभएको उनले बताएको प्रतिवेदनमा उल्लेख छ ।